site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पल शाह प्रकरण : उच्च अदालतले माग्यो तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । उच्च अदालत पोखराले नेपाली चलचित्रका नायक पल शाह मुछिएको बलात्कारसम्बन्धी मुद्दामा तनहुँ जिल्ला अदालतको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

मंगलबार पलका तर्फबाट कानुन व्यावसायीले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका थिए । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै निवेदन परेको र निवेदनपछि बुधबार जिल्ला अदालत तनहुँको कैफियत प्रतिवेदन माग गरिएको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

पलका कानुन व्यावसायीले धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरेका छन् ।

Royal Enfield Island Ad

पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro