राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले एमाले र केपी शर्मा ओलीलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक भएको बताएका छन् ।
उनले अहिलेको लडाइँ नै एमालेसँग भएको बताउँदै भने, “अहिले ओलीलाई बलियो बनाउन हुँदैन । प्रचण्ड र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ । ओलीलाई साइजमा राख्नुपर्छ । नभए लोकतन्त्र संकटमा पर्छ ।”
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पौडेलले यस्तो धारणा राखेका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ १६:४२
प्रतिक्रिया दिनुहोस्