अर्थ व्यवसाय
काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२२ मनाएको छ ।
‘आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस्’ भन्ने नाराका साथ बैंक ग्लोबल मनी वीक–२०२२ मनाएको हो ।
यो सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतनासहित विभिन्न कार्यक्रम गरेको जनाएको छ ।
बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व संकलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्कमार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ १५:०३
प्रतिक्रिया दिनुहोस्