देश
बर्दिया । बर्दियामा पाटेबाघ मृतावस्थामा फेलापरेको छ । आज दिउँसो ३ बजे मधुवन नगरपालिका–६, कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेलापरेको हो ।
एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए ।
थप अनुसन्धानलगायत शव परीक्षण रिपोर्ट आएपछि मात्र वास्तविकता पत्ता लाग्ने प्रमुख बिडारीले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ १९:०३
प्रतिक्रिया दिनुहोस्