site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बालिका अपहरण गरी '१५ लाख माग्ने' पाँचजना पक्राउ, २४ घण्टामा बालिकाको उद्धार
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । धनुषामा बालिका अपहरण गरी फिरौती रकम मागेको आरोपमा पाँचजना पक्राउ परेका छन् । शुक्रबार साँझ विदेह नगरपालिका ८ बफैयबाट बालिकाको उद्धार गरी घटनामा संलग्नको आरोपमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका–१६ पुलचौकबाट ध्रुव मण्डलकी चार वर्षीया छोरी अपहरणमा परेकी थिइन् । उनको अपहरण आरोपमा कमला नगरपालिका ८ का गंगाप्रसाद दासका छोरा अभिषेक दासलेसहित पाँच जना पक्राउ परेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनकाअनुसार बालिकाको बुवा जनकपुर पुलचोकस्थित डेरा गरी पूरा परिवार सँगै बस्दै आएका छन् । सोही घरमा भाडा लिएर बस्दै गरेका अभिषेक दासले बालिका विद्यालयबाट आएपछि अपहरण गरी लगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनले बालिकाको परिवारसँग १५ लाख मागेको प्रहरीले जनाएको छ ।

बालिकाको मेडिकल जाँचपछि आजै परिवारलाई जिम्मा लगाउने प्रहरीको तयारी छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement