site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल भ्रमणअघि ‘सरप्राइज’ दिँदै भारत पुगे चिनियाँ मन्त्री वाङ
SkywellSkywell

दिल्ली । नेपाल भ्रमण अगाडि बिहीबार राति दिल्ली पुगेका चिनियाँ विदेश मन्त्री वाङ यिले भारतमा सोचेजस्तो न्यानो स्वागत नपाएको भारतीय मिडियाहरुले जनाएका छन् । भारत र चीन दुवै पक्षले यस भ्रमणबारे आधिकारिक रुपमा घोषणा नगरेको हुँदा यसलाई ‘सरप्राइज भिजिट’ पनि भनिएको छ । मन्त्री वाङलाई केहीदिन अगाडि यसबारे प्रश्न गर्दा उनले समय आएपछि जानकारी गराउने मात्र भनेका थिए । 

चीन र भारतका सेनाबीच २०२० मा भएको गलवान झडप पछिको यो पहिलो हाइ–प्रोफाइल चिनियाँ भ्रमण हो । यसकारण पनि दुई देशबीचको यो भेटवार्तालाई महत्वपूर्ण प्रकृतिको मानिएको छ । उक्त झडपमा दुवै पक्षले ठूलो क्षति बेहोर्नुपरेको थियो र अहिलेसम्म पनि लदाख क्षेत्रमा सेनाहरुबीचको अवस्था तनावग्रस्त नै रहेको छ । 

यस्तोमा वाङले विशेषगरी सकारात्मक कूटनीतिक अन्र्तक्रियामा र सिमानामा शान्ति कायम गर्नका लागि सैन्य स्तर पुनःस्थापित गराउने सम्बन्धी जोड दिएका छन् । 

Dabur Nepal
NIC Asia

यता भारतले चाहिँ स्वीकार्य हुने सम्झौताअनुरुप सिमानाको समस्या हल नभएसम्म चीनसँग पहिले जस्तो सामान्य सम्बन्धमा रहन नसक्ने बताएको छ । यसकारण पनि दिल्ली सरकारले पछिल्लो दुईवर्ष चिनियाँ व्यवसायमा कडाइ अपनाएको छ । आयातदेखि लगानीका परियोजना र केही चिनियाँ मोबाइल एपमाथि पनि भारतले प्रतिबन्ध लगाएको छ । 

त्यस्तै युक्रेनमा जारी रुसी हमलाका बीच वाङले भ्रमणको निर्णय गर्नुलाई भूराजनीतिका हिसाबले पनि महत्वपूर्ण मानिएको छ ।

भारत र चीन यो विषयमा एउटै स्थानमा रहेकाले पनि यो समय, दुई देशले आपसी विवाद अन्त्य गर्न सबैभन्दा उत्तम क्षण भएकामा चीन पक्षले जोड दिएको छ । 

अहिलेको परिस्थितिले भारत र चीनलाई शान्ति स्थापकको भूमिका निर्वाह गर्ने सुनौलो अवसर र गम्भीर जिम्मेवारी दिएको भारतीय नेता सुधिन्द्र कुल्कर्नीले पनि यसअघि टिप्पणी गरेका थिए । यसो गर्न सकेमा इतिहासमै पहिलोपटक युरोपमा शान्ति स्थापनाका लागि एसियाको भूमिका प्रमुख बन्ने उनले बताएका छन् । 

यस हप्ता चीनको गुवाङछीमा भएको ठूलो विमान दुर्घटना सम्बन्धी मोदीले पीडित परिवारका लागि दुःख तथा समवेदना व्यक्त गर्दै ट्विट पनि गरेका थिए । त्यसैले समस्त रुपमा हेर्दा वाङको अचानक भ्रमण दुई देशबीचको तनाव अन्त्य गर्ने राम्रो अवसर रहेको विश्लेषकहरुको तर्क छ ।

वाङ यि आज साँझ तीन दिनका लागि नेपाल पनि आउँदैछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro