site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पल शाहविरुद्धको मुद्दामा अदालतले समातेका तीन आधार
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बिहीबार तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।

एक १६ वर्षीय किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेका शाहलाई अदालतले मुख्यगरी तीवटा आधारमा थुनामा पठाउन आदेश दिएको देखिन्छ । 

अदालतले मानेका तीन आधार अदालतकै शब्दमा :

१. प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबरजस्ती करणी गरेको कुरामा पूर्णतः इन्कार गरेको भएतापनि निजले मौकामा गरेको बयान हेर्दा राती करिव १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरुसँग खाई बाँकी रहेको वियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्वीकार गरेको पाइयो । एक्लै सुतेकी बालिकाको कोठामा राती १२ बजेतिर प्रवेश गर्नु पर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन । यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राती निजले पीडितलाई जबरजस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो ।
२. प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले आफूलाई माया प्रेम गर्ने तथा विवाह गर्ने झुठो आश्वासन दिई पहिले पनि पटक पटक जबरजस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिन्छ । त्यसैगरी उनले आफूलाई प्रतिवादीले पटक पटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी थिइन् भन्ने कुरा मौकामा कागज गर्ने परिवर्तित नाम स कुमारी, सरोज ओली भन्ने पुन्य प्रसाद ओली, योगेश शाह, दुर्गेश थापा भन्ने दुर्गा बहादुर थापा र दुर्गा अधिकारीको कथनबाट समेत समर्थित हुन आएको पाईयो ।
३. पीडित नावालक हुन् भन्ने कुरा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई पूर्ण जानकारी छ । उनी ३२ वर्षीय वयष्क व्यक्ति हुन् । प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडियो रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले परिवर्तित नाम ०७८/८९ व्यास १२ लाई करणी गरेको तथ्यलाई थप पुष्ट्याई हुन आएको देखिन्छ । सो कुरा प्रतिवादीले पीडित तथा निजका बाबु आमा र हाम्रो उपस्थितिमा भएको छलफलमा भनेका थिए भनी दुर्गा बहादुर थापा, पुन्यप्रसाद ओली, कमल खत्री समेतले मौकामा कागज गर्दा समेत प्रष्ट रुपमा लेखाई दिएको पाइन्छ ।
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement