site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीन विमान दुर्घटना : मानव अवशेष र ब्ल्याकबक्स भेटियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केही दिनअगाडि पहाडको बीच दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न विमानको घटनास्थलमा मानव अवशेष फेलापारिएको छ । तर, अझै पनि मृतकको संख्याबारे विस्तृत विवरण दिइएको छैन ।

विमानमा १३२ यात्रु सवार थिए, तीमध्ये कोही जीवित नरहेको आशंका गरिएको छ । उद्धारकर्मीले खोजी गरिरहेका छन् । पहाडी भेग र भारी वर्षाका कारण खोजीकार्य अत्यन्तै चुनौतीपूर्ण बनेको बताइएको छ ।

विमानको एउटा ब्ल्याकबक्स पनि भेटिएको छ, जसलाई अनुसन्धानका लागि बेइजिङ पठाइएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ककपिट भोइस रेकर्डर पुनः मर्मत गर्न सकिएमा यसबारे केही प्रमाण फेलापर्ने अपेक्षा गरिएको छ । उक्त ब्ल्याकबक्स बाहिरबाट क्षतिग्रस्त भए पनि भित्रका रेकर्ड सुरक्षित नै रहेको बताइएको छ । विमानको अर्को ब्ल्याकबक्सको पनि खोजी भइरहेको छ । उद्धारकर्मीले सुरुकै दिनमा यात्रुका विभिन्न सामान फेलापारेका थिए ।

यसैबीच, बुधबार विमानमा सवार व्यक्तिका परिवारलाई पनि दुर्घटनास्थलमा पुर्‍याइएको छ । उनीहरू सबै तीन दिनदेखि सुखद समाचारको पर्खाइमा थिए ।

Royal Enfield Island Ad

उड्डयन विभागको बुधबारको पत्रकार सम्मेलनमा चिनियाँ उडानको रुटमा मौसमसम्बन्धी कुनै अवरोध नभएको बताइएको छ । प्राविधिक समस्याबारे पनि कतै कुनै प्रमाण भेटिएको छैन । उडान ट्रयाक गर्ने डाटामा विमान केही मिनेटमै हजारौँ मिटर तल खसेको देखिएको छ ।

२९ हजार फिटमाथि उडिरहेको विमान दुई मिनेटमै नौ हजार फिट तल झरेर पहाडका बीच दुर्घटनाग्रस्त भएको हो ।

बोइङको विमान अमेरिकामै निर्माण गरिएको हुँदा यससम्बन्धी अनुसन्धानका लागि चीनले अमेरिकी विज्ञलाई पनि सहभागी हुन आग्रह गरेको छ । जो बाइडेन प्रशासनले आफूहरू मद्दतका लागि तयार रहेको जनाएको छ ।

विमानका कर्मचारी र एयर ट्राफिक कन्ट्रोलरबीच दुर्घटना हुनुअगाडिसम्म सामान्य रूपमै सम्पर्क भइरहेको तर अचानक विमान खसेपछि भने सम्पर्कविहीन हुन पुगेको बताइएको छ ।

यो दुर्घटनालाई चिनियाँ उडान क्षेत्रको तीन दशककै ठूलो दुर्घटना बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro