site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानी अभिवृद्धि, व्यापार घाटा न्यूनीकरणमा काम गर्न राजदूत शर्मालाई परिसंघको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत् व्यापार, पर्यटन प्रवद्र्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा. शंकरप्रसाद शर्मालाई आग्रह गरेको छ ।

दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक–निजी साझोदारीमा काम गर्ने वातावरण निर्माणमा ध्यान दिन परिसंघले आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नवनियुक्त राजदूत शर्मासँगको छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा लगानीको सम्भावना भए पनि सन्तोषजनक तरिकाबाट भारतीय लगानी भित्रिन नसकेको बताए । “नेपालमा उत्पादनमूलक एवं पूर्वाधार विकासको क्षेत्र भारतीय लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाउन सकिन्छ । यसमा सरकार र निजी क्षेत्र मिलेर काम गरौँ,” उनले भने, “संस्थागत तवरमा परिसंघ आवश्यक सहजीकरणका लागि तयार छ ।”

राजदूत शर्माले लगानी र निर्यात अभिवृद्धिका क्षेत्र पहिचान गरेर सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्न सक्ने बताए । दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय