site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पुटिनका अन्तर्राष्ट्रिय दूतले दिए राजीनामा
Sarbottam CementSarbottam Cement

मस्को । एनातोली चुवाइसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तर्राष्ट्रिय दूतको पदबाट बुधबार राजीनामा दिएका छन् । रुसले युक्रेनमा आक्रमण गरेयता राजीनामा दिने यिनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन् ।

रुसी सञ्चार माध्यमले चुवाइस अहिले आफ्नी पत्नीसँगै टर्कीमा छन् । उनलाई अन्तर्राष्ट्रिय रूपमा रुसको दिगो विकासलाई समन्वय गर्ने जिम्मेवारी दिइएको थियो । युद्ध सुरु भएपछि उनले एकजना विपक्षी राजनीतिक व्यक्तित्वको हत्या भएको तस्बिर अनलाइनमा पोस्ट गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनको यस कार्यलाई गम्भीर संकेतको रूपमा हेरिएको थियो । बोरिस नेमस्तोभ नामक ती व्यक्तिलाई मारिएको वार्षिक तिथिमा उनको तस्बिर फेसबुकमा राखिएको भन्ने क्रेमलिनको दृष्किोणलाई लिएर चुवाइसले कुनै टिप्पणी गरेका थिएनन् । 

उनले आफ्नो राजीनामालाई लिएर पनि कुनै प्रतिक्रिया जनाएका छैनन् । एउटा सुत्रले रुसी समाचार निकाय तासलाई एनातोलीले आफ्नो पद त्यागेको सत्य भएको बताएको छ । फेरि अर्को सुत्रले पनि उनले पुटिनको विशेष प्रतिनिधि पदका साथसाथै रुस पनि छाडेको जनाएको छ ।

Global Ime bank

२४ फ्रेब्रुअरीदेखि युक्रेनमा सुरु गरिएको आक्रमणलाई रुसले “विशेष सैनिक अभियानू को संज्ञा दिँदै आएको छ । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७८  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय