देश
![पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित युवक पक्राउ](https://12khari.top/uploads/posts/pakrau-hathkadi21630236377.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । कास्कीको पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसस्थित सडकबाट सो रकमसहित नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२, रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १२:२१
प्रतिक्रिया दिनुहोस्