अर्थ व्यवसाय
काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको 'झट्ट ट्रान्सफर चट्ट कार' योजनाअन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ड्रो गाडी जितेका छन् ।
उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरूप स्यान्ड्रो जितेका हुन् ।
उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।
यो वर्ष फोनपेले असोज ३१ देखि पुस १६ सम्मयोजना सञ्चालन गरेको थियो ।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १९:५७
प्रतिक्रिया दिनुहोस्