राजनीति
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य शिलान्यास र उद्घाटनको दौडमा छन् । आज शाक्यले डेढ वर्ष पहिले नै बनिसकेको आकाशेपुलको उद्घाटन गरेका छन् ।
उनले माइतीघरनजिकै पुरातत्व विभाग अगाडिको आकाशेपुलको उद्घाटन गरेका हुन् ।
उक्त आकाशेपुल ०७७ साउन महिनामा बनेर प्रयोगमा आइसकेको थियो ।
आकाशे पुल पूर्ण रूपमा ढिलो निर्माण हुँदा अहिले उद्घाटन गरेको महानगरले जनाएको छ । महानगरले हेरेक वर्ष आकाशेपुल पुननिर्माणका लागि मात्रै ८-९ करोड रुपैयाँ छुट्याउदै आएको जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८ १७:५५
प्रतिक्रिया दिनुहोस्