site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ब्याजदर घटाउन माग गर्दै पूर्वका व्यापारी राष्ट्र बैंक अगाडि धर्नामा 
Siddhartha BankSiddhartha Bank

विराटनगर ।  ब्याजदर  घटाउन माग गर्दैै ज्ञापनपत्र बोकेर गएको व्यापारीको टोलीलाई सुरक्षागार्डले रोकेपछि पूर्वका व्यापारी नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन् । कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने मागसहित मंगलबार मोरङ व्यापार संघको टोली राष्ट्र बैंकको प्रदेश नम्बर–१ को प्रादेशिक कार्यालय विराटनगर अगाडि धर्नामा बसेको हो ।

ज्ञापनपत्र बुझाउन जाँदा सुरक्षाकर्मीले रोकेपछि उनीहरू धर्नामा बसेका हुन् । निक्षेप ब्याज ६ प्रतिशत र कर्जाको ब्याजदर १० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको पदाधिकारी टोली राष्ट्र बैंकको कार्यालय पुगेको हो ।

Agni Group
NIC Asia

ज्ञानपपत्र बुझाउन गएको टोली धर्नामा बसेपछि राष्ट्र बैंक विराटनगर कार्यलयका प्रमुख समेत रहेकी निर्देशक मीना पाण्डेले ज्ञापनपत्र बुझेकी छन् । उद्योगीलाई कर्जाको ब्याजदर ‘सिंगल डिजिट’ कायम गर्नुपर्ने प्लेकार्ड प्रदर्शन गर्दै व्यापार संघको टोली राष्ट्र बैंकमा पुगेको हो ।

Global Ime bank

प्लेकार्डसहित व्यापार संघको टोली राष्ट्र बैंकमा जाँदा राष्ट्र बैंकले ज्ञापनपत्र बुझ्न अस्वीकार गरे पनि पछि राष्ट्र बैंकका निर्देशक पाण्डेले गेटमा आएर  ज्ञापनपत्र बुझेकी छन् ।

व्यापार संघको टोलीले गभर्नरविरुद्ध नाराबाजी गर्दै गएकोले संवेदनशील क्षेत्रमा प्रदर्शन गर्न नहुने भन्दै ज्ञापनपत्र बुझन् अस्वीकार गरेकी थिइन् । व्यापारीले धर्नामा बसेर नाराबाजी गरेपछि निर्देशक पाण्डेले गेटमै आएर ज्ञापनपत्र बुझेकी हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu