site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेन र रुसबीच फेरि वार्ता हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

किभ । चौँथो चरणसम्मको शान्तिवार्ता निष्कर्षविहीन बनेपछि मंगलबार रुस र युक्रेनका प्रतिनिधिहरूबीचको पुन: छलफल हुने भएको छ । युक्रेनी राष्ट्रपति कार्यालयका प्रवक्ताले युक्रेनले युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेको तर रुसले भने थुप्रै युक्रेनी सहरमा बमबारी जारी राखेको बताएका छन् । 

यसै क्रममा राजधानी किभको एउटा आवासीय क्षेत्रमा भएको रुसी क्षेप्यास्त्र आत्रमणको कारण एक व्यक्तिले ज्यान गुमाएका छन् । साथै आइतबार पोल्यान्ड नजिकको एउटा सैनिक अखडामा रुसी फौजले गरेको आक्रमणले नेटोलाई तर्साउने प्रयास गरेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

बेलायती रक्षा मन्त्रालयले ब्ल्याक सिको तटीय क्षेत्रलाई नियन्त्रणमा लिएर रुसी नौसैनिक फौजले युक्रेनको जलमार्गबाट हुने व्यापार व्यवसाय अवरुद्ध बनाएको जनाएको छ । बेलायतका आवास तथा समुदाय मन्त्री माइकल गोभले विधायकहरूलाई युक्रेनी शरणार्थीहरूका लागि आवास योजनाबारे जानकारी दिने भएका छन् ।

यता समस्याग्रस्त मारिउपोल सहरबाट करिब १६० वटा कार बाहिरिन सफल भएका छन् । तर रुसी फौजको निरन्तर आक्रमणका कारण दक्षिणी सहरको मानवीय उद्धारमार्फत सर्वसाधारणलाई भाग्न दिने प्रयास असफल भएको छ । त्यस सहरबाट भाग्न सफल व्यक्तिहरूले त्यहाँ खानेपानी र खाद्यान्न सकिएकाले स्थानीय वासिन्दाको हालत बेहाल भएको बताएका छन् । 

Royal Enfield Island Ad

यसैगरी रुसी रक्षा मन्त्रालयले दोनेत्स्कमा युक्रेनी क्षेप्यास्त्र प्रहारका कारण २० जना मानिसको ज्यान गएको दाबी गरेको छ । तर युक्रेनले भने त्यहाँ आक्रमण नगरेको बताएको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  २३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro