site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमान ढोका क्षेत्रमा नयाँ संरचना बनाएपछि... 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब एक महिनाअघि पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डालाई थाहा नदिई वसन्तपुर डबली भत्कायो । महानगरले उक्त डबलीमा ३५ फिट अग्ला आठवटा झन्डा राख्ने प्रयोजनार्थ भत्काएको थियो । 
महानगरले पुरातत्व विभागको स्वीकृतिविना डबलीमा नयाँ संरचना बनाउँदै छ भनी सम्पदा संरक्षणकर्मीले मौखिक रूपमा पुरातत्व विभागलाई जानकारी गराए । मौखिक जानकारीका आधारमा पुरातत्व विभागले फागुन ६ गते विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा नयाँ संरचना निर्माण कार्य तत्काल रोक्न रोक्कापत्र काट्यो । 

विभागको रोक्कापत्र जारी गरेपछि महानगरले वसन्तपुर डबलीमा नयाँ संरचना बनाउने कार्य रोकेर डबली भत्काएको ठाउँलाई हरियो जालिले छोपेर राख्यो । पुरातत्व रोक्कापत्र बमोजिम नयाँ संरचना हटाउन वा समन्वय गर्न स्थानीय र अभियन्ताले पहल जारी राखेका थिए । 

तर, एकाएक चार दिनपहिले महानगरले राति ११ बजे आठवटा ट्यांकी आकारका नयाँ संरचना निर्माण गरे । कुमारी घरका संरक्षक तथा स्थानीय गौतम शाक्यले महानगरले राति ११ बजेदेखि संरचना बनाउन सुरु गरेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

‘‘रातिको समय नयाँ संरचना निर्माण भइरहेको रहेछ । त्यहाँ के गरेको भनेर हेर्न पनि गएका थियौँ । राष्ट्रिय झन्डा राख्ने भन्ने सुनेको हो । त्यस्तो ठाउँमा बनाउन नहुने हो,” उनले भने । 

सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले महानगरले डबलीमा कसैलाई थाहा नदिई नयाँ संरचना बनाइएको बताए । ‘‘पुरातत्व विभागको पत्र आएको करिब एक महिना भयो । पत्र प्राप्त गरेपछि महानगरले केही समय भत्किएको डबली हरियो जालीले छोपेर राखेको थियो । स्थानीय पटक–पटक हेर्न जाने कुरा पनि भएन । भत्किएको डबली छोप्ने जाली उनीहरूले योजनाबद्ध रूपमा ल्याएको देखिन्छ,” उनले भने । 

Royal Enfield Island Ad

पुरातत्व विभागको पत्र प्राप्त गरेपछि महानगरले समन्वय गर्नुको सट्टा बेवास्था गरी महानगर अघि बढेको उनी बताउँछन् । 

सहरी पूर्वाधार विकास विभागले ७० लाख रुपैयाँ खर्च गरेर विभिन्न स्थानमा राष्ट्रिय झन्डा राख्ने प्रयोजनअनुरुप वसन्तपुर डबलीमा नयाँ संरचना निर्माण गरिएको जनाएको छ । सहरी व्यवस्था विभागका प्रमुख रामबहादुर थापाले वसन्तपुर डबलीमा आठवटा झन्डा राख्ने प्रयोजनले नयाँ निर्माण गरिएको बताए । ‘‘राष्ट्रिय झन्डा देशको प्रतिष्ठा हो । सहरी शोभा र सौन्दर्य बढाउन त्यहाँ झन्डा राख्ने महानगरको योजनाअन्तर्गत नयाँ संरचना बनाइएको हो,” थापाले भने ।
 
सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको महत्त्व नबुझेको बताउँछन् । ‘‘सम्बन्धित निकायसँग समन्वय नगरी महानगरले बदमासी गरेको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक असाधारण सम्पदाको अस्तित्व समाप्त हुने काम महानगरले गरेको छ,” उनले भने । 

सक्षिप्त स्मारक क्षेत्र एवं विश्व सम्पदा संवेदनशीलताका कारण ध्यानाकर्षण भएको पुरातत्वले जनाएको छ । हनुमान ढोका दरबार क्षेत्रलाई विश्व सम्पदा खतराको सूचीमा राख्न वल्र्ड हेरिटेज कमिटीबाट पटक–पटक प्रस्ताव आए पनि नेपाल सरकारले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको पुरातत्व विभागले जनाएको छ । 

विनाअध्ययन स्थानीय सरकारबाटै गरिने यस्ता काम विश्व सम्पदास्थल संरक्षण एवं व्यवस्थापन विपरित हुने विभागले जनाएको छ । पुरातत्व विभागका प्रमुख दामोदर गौतमले पुरातत्वको स्वीकृतिविना कुनै पनि निकायले नयाँ संरचना निर्माण गर्न नपाइने बताए  ।
 
‘‘धार्मिक, पुरातात्विक, ऐतिहासिक विश्व सम्पदा क्षेत्रभित्र कसरी निर्माण गर्ने भन्ने मापदण्ड छ । मापदण्डविपरित काम गर्नु हुँदैन, जुन अहिले भएको छ । बनाउने सन्दर्भमा विभागको स्वीकृति लिनुपर्यो । अन्य सरोकारवाला निकायको पनि स्वीकृति लिनुपर्छ । स्वीकृति नलिई मापदण्डविपरित काम भइरहेको छ,” उनले भने । 

गौतमका अनुसार नेपाल सरकार, युनेस्को र प्राचीन स्मारक ऐन, २०१३ बमोजिम काम हुनुपर्ने विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro