site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विमलको गोलमा झापा फाइनलमा
Siddhartha BankSiddhartha Bank

विराटनगर । झापा–११ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० ले हराउँदै झापा उपाधिनजिक पुगेको हो ।

घरेलु टोली झापाको जितमा दुवै गोल विमल घर्तीमगरले गरे । १६औँ र ५८औँ मिनेटमा गोल गरेका हुन् । म्यान अफ दी म्याच घोषित हुँदै उनले नौ हजार ९९९ रुपैयाँ पुरस्कार पनि पाए ।

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै उपाधिका लागि झापा र त्रिभुवन आर्मी क्लब आमने–सामने हुने पक्का भएको छ । आर्मीले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ । विजेता टोलीले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Global Ime bank

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान मोटरसाइकल पाउनेछन् । उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई २१ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय