काठमाडौं । नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न क्षेत्रमा सक्रिय महिलालाई सम्मान गरेको छ । परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषलाई पनि सम्मान गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत, प्रतिमा थापा, अलिशा श्रेष्ठ, निलम पाण्डे, अनुपमा खुँजेली, उपासना पौडेल, आँचल कुँवर, सुमिति शाक्य, गीता श्रेष्ठ, सोना खातिक र महिलाबाट नेतृत्व प्रदान भएको गोरखकाली गुल्मलाई सम्मान गरिएको परिसंघले जनाएको छ । नेपाल पेपर क्राफ्टलाई पनि सम्मान गरिएको छ ।
यसैगरी, महिलालाई प्रोत्साहन गर्ने श्रीमान्हरूलाई पनि सम्मान गरिएको छ । परिसंघले प्रभुराम भण्डारी, शम्भु धमला, अभयशंकर श्रेष्ठ, डम्बर खनाल, विक्रम श्रेष्ठ, दिनेशबहादुर श्रेष्ठ, अमिरप्रताप राणा, ललितकुमार लोहिया, डा. रवीन्द्र खुँजेली, द्विराज शर्मा, अरुणध्वज अधिकारी, इयान ओक्ले वाल, निर्वाण चौधरी र प्रनेश शर्मालाई सम्मान गरेको छ ।