site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नारी बचत खातामा सनराइज बैंकले अस्पतालामा डेलिभरी हुँदा १० हजार दिने 
SkywellSkywell

काठमाडौं । सनराइज बैंकले नारी दिवसको अवसरमा पारेर आउँदो चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउने भएको छ । बैंकले  महिलाहरूलाई लक्षित गर्दै ‘नारी बचत खाता’मा चैत १ देखि  घातक रोगको बिमा सुविधा दिन लागेको बैंकका ब्रान्ड म्यानेजर सुमन थापाले बताए ।

यस्तै, बैंकले चैत १ देखि ‘नारी बचत खाता’मा डेलिभरी हुँदा महिलालाई १० हजार रुपैयाँ बोनसस्वरूप प्रदान गर्ने उनले बताए । उक्त सुविधा सरकारी अस्पतामा डेलिभरी हुने महिलाले मात्रै प्राप्त गर्ने जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“बैंकले विगतदेखि नै सम्पूर्ण बचत खातामा स्वास्थ्य बिमा, दुर्घटन बिमा दिँदै आएको छ । त्यसलाई समयानुसार परिमार्जन गर्दै  हरेर नयाँ स्कीम थप्दै आएको छ,” थापाले भने, “यसैबीच, बैंकले नारी दिवसलाई लक्षित गरेर आगामी चैत १ गतेदेखि लागु हुने गरी नारी बचत खाता खोल्ने महिलाले डेलिभरी हुँदा १० हजार नगद पाउनेछन् ।”

सरकारी अस्पतामा डेलिभरी हुँदा मात्रै उक्त नगद पाउने भएकाले यो प्रोडक्ट मध्यमवर्गीय नागरिकलाई लक्षित गर्दै ल्याएको उनको दाबी छ । “बैंकले स्वास्थ्य बिमामा ८० हजार अस्पताल खर्च र २० हजार ओपीडी गरेर एक लाखको बिमा सेवा दिइरहेको छ । भारतमा विभिन्न अस्पतामा उपचार गर्दा पनि त्यसले कभर गर्छ,” उनले भने, “अब बैंकले चैत १ गतेदेखि त्यसलाई थप विस्तार गरेर भारतका ७० वटा अस्पतालका साथै सिंगापुर र थाइल्यान्डमा पनि उक्त बिमाले कभर गर्ने गरी प्रक्रिया अगाडि बढाएका छौँ ।”

उनले थपे, “यी सुविधाहरू सबै बचत खातामा उपलब्ध हुनेछ भने नारी बचत खातामा डेलिभरी हुँदा १० हजार नगदका साथै घातक रोगको समेत बिमा हुनेछ ।”

महिलाहरूमा डेलिभरीको समयमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न  अस्पताल जानका लागि प्रोत्साहन गर्न बैंकले विशेष साथ दिएको उनले बताए । “घातक रोगको बिमामा पाठेघरको क्यान्सरजस्ता रोगको पनि कभर हुन्छ, जसले महिलाहरूको लागि फाइदा पुर्‍याउँछ,” थापा भन्छन्, “सनराइज बैंकमा नारी बचत खाता खोलेकै अधारमा उक्त सुविधा पाइनेछ । यसले महिलाहरूमा बचत गर्ने बानीको विकास गर्ने र मोटिभेसन हुने विश्वास लिएका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro