site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा (एस)को पोलिटब्युरोमा माधव नेपालको प्रतिवेदन र स्थानीय निर्वाचनमा छलफल हुँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्युरो बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस भएको छ ।

केन्द्रीय कमिटिका एजेन्डा तय गर्ने तथा राष्ट्रिय राजनीतिको समीक्षा गर्दै पार्टीलाई नीतिगत निर्देशन तय गर्ने बैठकमा एमसीसीको व्याख्यात्मक टिप्पणी र त्यसका विषयमा पार्टीले लिएको बाटोसहितको राजनीतिक प्रतिवेदन पेस भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

फागुन २५ गतेको केन्द्रीय कमिटी बैठकमा पालि ब्युरो सदस्यहरूको सुझावसहित पेस हुने प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र स्थानीय तह निर्वाचनको तयारी प्रमुख रहेको बताइएको छ ।

“पोलिटब्युरो भनेकै राष्ट्रिय राजनीति र नीतिमा मार्गदर्शन गर्ने हो । फागुन २५ गतेका केन्द्रीय कमिटी बैठकका लागि एजेन्डा तय गर्ने काम यही बैठकबाट हुने छ,” पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने, “आसन्न स्थानीय तहमा निर्वाचनमा पार्टीको सम्पूर्ण शक्तिलाई केन्द्रीकृत गर्न लाग्नेछौँ । हामी न झुक्छौँ, न बहकिन्छौँ । हामी राष्ट्रहीतलाई केन्द्रविन्दुमा राखेर काम गर्छौं भन्ने नीति छ ।”

Global Ime bank

उनले पार्टीले लिएको नीतिमा सबैलाई उत्साहपूर्वक सहभागी गराउँदै परिचालनको कार्यक्रम निर्माण गर्ने बताए । उनले एमसीसीका कारण्ण उत्पन्न विवादमा पार्टीका सबै तहलाई बुझाएर निर्वाचनको तयारीमा जुट्ने पनि जानकारी दिए । 

“एमसीसीलाई व्याख्यात्मक घोषणामार्फत पारित भएपछि पार्टीमा उठेको विवादमा कार्यकर्तालाई एकताबद्ध बनाएर हिँडाउन त्यसको व्याख्यासहित प्रतिवेदन तयार पारिएको छ,” प्रवक्ता खतिवडाले भने, “एमसीसीका विषयमा हामीले निर्णय गरिसकेका छौँ । स्थायी कमिटीको बहुमतले यो निर्णय गरेको हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय