देश
काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिंहदरबारभित्र एक भवनको शिलान्यास गरेकी छन् । मन्त्री झाँक्रीले सोमबार सिंहदरबारस्थित नेपाली सेनाको चण्डीदल गणको भवन शिलान्यास गरेकी हुन् ।
भवनको उद्घाटन गर्दै मन्त्री झाँक्रीले तोकिएको समयमै भवन निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरिन् । साथै, उनले सेनाका लागि अर्को भवन निर्माण कार्य चाँडै सुरु हुने बताइन् ।
भवन निर्माणमा ढिलाइ भए कार्यक्षमतामाथि प्रश्न उठ्ने बताउँदै उनले जिम्मेवारीपूर्वक काम गर्न निर्देशनसमेत दिइन् ।
सहरी विकास भवन निर्माण विभागका अनुसार भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख छ ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८ १५:३९
प्रतिक्रिया दिनुहोस्