सीएनएन । उत्तर कोरियाले दश हजार अपार्टमोन्टको परियोजनामा काम थालेको छ । यसले राजधानी प्योङयोङमा हाउजिङलाई दिइराखिएको बढ्दो प्राथयमिकता माथि प्रकाश पार्दछ ।
व्यापारिक नाकाबन्दी र कोभिड महामारीले आक्रान्त उत्तर कोरियाको अर्थतन्त्रमा सुधार ल्याउन किमले यस्ता विभिन्न ठूला परियोजनामा हात अघि बढाइरहेका छन् । शनिबार यस प्रोजेक्टको उद्घाटन समारोहमा किम जोङ उन पनि प्रत्यक्ष उपस्थिति जनाएका थिए जसले पनि यो ठूलै स्तरको परियोजना भएको स्पष्ट पार्दछ ।
यसका डिजाइनबारे विस्तृतमा एकदम कम खुलासा भएपनि सार्वजानिक गरिएका तस्बिरमा अग्ला अग्ला भवन, व्यवस्थित हरित् सडक देख्न सकिन्छ । यसमा सबैभन्दा अग्लो भवन ४० तले रहेको छ ।
‘राजधानी शहरको सुनौलो वर्षलाई अझ उज्ज्वल बनाऔँ’ भन्ने शिर्षकको भाषणमा किमले यस प्रोजेक्टमा काम गर्ने सबै कामदार र समारोहमा उपस्थित आर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
राष्ट्रद्वारा सञ्चालित पत्रिका दैनिकमा यो परियोजनाले समृद्ध शक्तिको नयाँ दुनियाँ सिर्जना गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरिएको छ जहाँ जनताले सबैभन्दा उच्चतम गरिमा र खुसीको अनुभव लिन पाउने भनिएको छ ।
कठिन चुनौपूर्ण समस्याहरुका बीच पनि सरकारले जनताको जीवनस्तरमा सुधार ल्याउन लगातार काम गरिरहेको अघिल्लो महिना मात्र किम सरकारले स्वीकार गरेको थियो । उत्तर कोरियाले एकदम दुर्लभै यस किसिमले आफ्ना संघर्षहरु सार्वजानिक गर्ने गरेको छ ।
उत्तर कोरियामा धेरै लामो समयदेखि नै हाउजिङ संकट जारी थियो । अध्ययनका अनुसार त्यहाँका ७० देखि ८० प्रतिशत जनताका लागि मात्र पर्याप्त घर छ । यस किसिमका निर्माणधीन परियोजनाहरुलाई किमले देशका उपलब्धीबारे प्रचार गर्न प्रोपागान्डाका रुपमा पनि प्रयोग गर्ने गरेका छन् ।
गत महिना उत्तर कोरियामा प्रशारण गरिएको ‘द ग्रेट इयर अफ भिक्टरी २०२१’ शिर्षकको एउटा डक्युमेन्टरीमा पनि किम यो परियोजनाको साइट भ्रमणमा गएको देखाइएको छ ।
राजधानी प्योङयोङमा बस्नेहरुको जीवनस्तर देशका अन्य भूभाग भन्दा धेरै राम्रो छ । यस्तोमा पछिल्ला केही वर्षहरुमा प्योङयोङमा यस्ता धेरै ठुला स्तरका प्रोजेक्ट घोषणा भएका छन् ।
उँचा भवन सम्बन्धी डाटाका अनुसार हाल उत्तर कोरियाली राजधानीमा १५० मिटर भन्दा माथिका १५ भवन निर्माण सम्पन्न छन् ।
ती मध्ये चारवटा टावर प्योङयोङको लक्जरी क्षेत्र र्योङम्योङमा पर्दछन् । र राष्ट्रिय संचारको रिपोर्ट अनुसार पूर्वी प्योङयोङ क्षेत्रमा भर्खर नयाँ बनेका दश हजार भवनहरु पनि सम्पन्न हुन लागेका छन् ।
राष्ट्रिय संचार केसीएनएले यस्ता निर्माण परियोजनाहरुले प्योङयोङ तिव्र गतिमा विकसित भइरहेको दाबी गर्ने गरेको छ । जस्तै यसमा र्योङयोङ न्यु टाउनको एक ७० तले भवन केबल ७४ दिनमै निर्मित भएको भनेर व्यापक चर्चा गरिएको थियो । तर विज्ञहरुले चाहिँ निर्माण सामग्रीको गुणस्तरबारे चिन्ता जनाइरहेका छन् । किनकी त्यस किसिमको गतिमा निर्माण कार्य सम्पन्न गर्न एकदमै जानकार टेकनिकलको आवश्यकता पर्ने बताइएको छ ।
यसअघि २०१४ मा दर्जनौँ परिवार बसोबास गर्न बनाइएको प्योङयोङको प्योङछोन जिल्लाको अपार्टमेन्ट भवन भत्किएको थियो । यो घटनामा भएको जनधनको क्षतिबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । केसीएनएले पछि गैरजिम्मेवारीपूर्ण निगरानीका कारण यस्तो भएको भनेर जनाएको थियो ।
त्यस्तै राजधानीमै जारी अन्य परियोजना जस्तै र्युग्योङ होटल अझैपनि निर्माणकै प्रक्रियामा छ । यसले निर्धारित १,०८३ फिटको उचाइ भने १९९२ मै प्राप्त गरेको थियो तरपनि दशकौँसम्म यसको काममा ढिलाइ गरिएको छ । सो होटलमा ३ हजार बढी कोठा छन् र सम्पन्न नहुने विश्वकै सबैभन्दा अग्लो भवनमा पर्दछ ।