site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शीर्ष नेता भन्छन्- मंसिरअघि नै संसद्को चुनाव हुनसक्छ, कांग्रेसले सानदार बहुमत ल्याउँछ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले आउँदो मंसिरअघि नै संघीय संसद्को चुनाव हुन सक्ने बताएका छन् ।

नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् अवरुद्ध गरिरहे मंसिरअघि नै संघीय संसद्को निर्वाचन गरिने बताएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शनिबार नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिले काठमाडौंमा गरेको कार्यक्रममा नेता पौडेलले संसद् सुचारु नहुने हो भने चाँडै संघीय संसद्को निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए । उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद् नचले नयाँ संसद्का लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गरे ।

‘‘मैले त प्रधानमन्त्रीलाई भनिसकेँ, चाँडै संसद सुचारु गर्नुपर्‍यो वा चाँडै संसद् ल्याउनुपर्‍यो । अब यस्तो अलमलमा राख्नु हुँदैन देशलाई,’’ उनले भने, ‘‘म सबैलाई के भन्न चाहन्छु भनेँ, एमसीसी पास गरिएको छ, यसले मुलुकको विकास र समृद्धिले फड्को मार्नेछ । तर, नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ ।’’

Royal Enfield Island Ad

महामन्त्री थापाले एमालेले संसद् चल्न नदिए मंसिरअघि नै संघीय संसद्को निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक सानदार ढंगले चलाउने जिकिर गरे । स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुने पनि बताए ।

‘‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन गराउने हो । त्यसपछि आमचुनाव हुन्छ,’’ उनले भने, ‘‘एमालेले संसद् चल्न दिएन भने मंसिरअघि नै चुनाव हुनसक्छ । हामी निर्वाचनमा जाने हो । सानदार ढंगले बहुमत ल्याएर पाँच वर्ष मुलुक चलाउने हो ।’’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro