site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
तेस्रोपटक मधेस प्रदेशसभा बैठक स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रोपटक स्थगित भएको छ । फागुन २२ गतेका लागि तोकिएको बैठक आगामी चैत ९ गते दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि, फागुन १ र १० गतेका लागि आह्वान गरिएको बैठक पनि प्रदेशसभा सचिवालयले विशेष कारण भन्दै स्थगित गरेको थियो । 
 
फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनकपुर आएकाले स्थगित गरिएको थियो भने १० गतेको बैठक आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह भारत भ्रमणमा रहेकाले स्थगित गरिएको थियो । 

आजको बैठक गण्डकी प्रदेशको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस भ्रमणमा आएका हुनाले स्थगित गरेको बुझिएको छ । उनको स्वागतमा मुख्यमन्त्री र सांसदहरु व्यस्त हुने भएकाले प्रदेशसभा स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस सल्लाहकार रञ्जित यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय