site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओलीको टिप्पणी– कांग्रेसको पछि नलाग्दा भ्रष्टाचारी
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाइएको बताएका छन् । पार्टीको काठमाडौं महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“...रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो,” उनले भने, “कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्नँ भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो । के भएको हो कांग्रेस ?”

सहकारीको रकम हिनामिनाको आरोप लगाइए पनि त्यसको खण्डन संसद्‌मा गर्न उपप्रधानमन्त्री लामिछानेलाई नदिएको उनले उल्लेख गरे । उनले कांग्रेसले सत्तास्वार्थका निम्ति उपप्रधानमन्त्री लामिछानेले सहकारीको बचत अपचलन गरेको भन्दै हिँडेको आरोप पनि लगाए ।

“संसद् चल्न दिन्न भन्छ, किन ? आफू बोल्छ, अरूलाई आरोप लगाउँछ । आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन, बोल्न दिँदैन,” उनले भने, “आरोप लगाउने, संसद्‌मा आरोप लगाउने, खण्डन गर्छु म, बोल्छु म भन्दा अर्कोलाई बोल्न नदिने ।”

कांग्रेस लोकतान्त्रिक शक्ति नभएको भन्दै उनले उसले सत्तास्वार्थका निम्ति जे पनि गर्न थालेको टिप्पणी गरे । त्यसलाई सच्याउन एमाले मुलुकको निर्णायक राष्ट्रिय शक्ति बन्नुको विकल्प नभएको उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro