site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसले सेनाविरुद्ध झुठो खबर फैलाउनेलाई १५ वर्ष थुन्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डस्सलडोर्फ । युक्रेनविरुद्ध चलिरहेको युद्धलाई लिएर रुसी सरकारको छवि बिगार्ने खालका समाचार सम्प्रेषण गर्ने कुनै पनि रुसीलाई १५ वर्षसम्म जेल सजाय हुने भएको छ । रुसी सरकारले विदेश सञ्चार सञ्जालको पहुँचमाथि प्रतिबन्ध लगाएपछि पछिल्लो यो कदम चालिएको हो । 

रुसलाई 'झुठो' जस्तो लागेका खबरलाई अन्तर्राष्ट्रियकरण गर्ने कार्यलाई अपराध ठहर गर्नका लागि प्रस्तावित कानुन मस्यौदालाई शुक्रबार रुसी संसद्ले सर्वसम्मतले पारित गरेको छ । रुसी सरकारी निकायले पटकपटक रुसी सैनिकको क्षति विवरण वा युक्रेनमा सर्वसाधारणको मृत्युसम्बन्धी खबरहरू झुठा भएको दाबी गर्दै आइरहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

रुसको सरकारी सञ्चार माध्यमले युक्रेनमा भइरहेको रुसी आक्रमणलाई 'युद्ध' नभई 'विशेष सैनिक अभियान'को संज्ञा दिने गरेको छ । 

रुसी सरकारी समाचार संस्थाहरूले यस कारागार सजायसम्बन्धी मस्यौदालाई संसद्को तल्लो र माथिल्लो सदनले फटाफट पारित गरेको जनाएका छन् । यसमा राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेपछि यो कानुन बन्नेछ ।

Royal Enfield Island Ad

संसद्को तल्लो सभाका सभामुख भ्याचेस्लाभ भोलोदिनले भनेका छन्, “चाँडोमा शनिबार नै यो कानुन कार्यान्वयन हुनसक्छ । हाम्रो सशस्त्र फौजविरुद्ध झुठा अफवाह फैलाउनेहरू अब चाँडै नै गम्भीर कारबाहीमा पर्नेछन् ।  म समाज र सम्पूर्ण व्यक्तिलाई हामीले यो कदम  हाम्रा फौज, सरकारी अधिकारीहरू र सत्यलाई जोगाउन चालेको भन्न चाहन्छु ।"

सेनाविरुद्ध झुठा खबर फिजाउनेलाई न्यूनतम सजाय तीन वर्ष कारावास तथा आर्थिक जरिबाना तोकिएको छ । 

शुक्रबार सञ्चार नियमन निकाय रोस्कोम्नाद्जोरले रुसी भाषामा विदेशबाट प्रकासन भइरहेको पाँचवटा सञ्चार माध्यममाथि रोक लगाइएको जानकारी दिएको छ ।

एपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro