site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ जारी, उडान प्रभावित
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ जारी छ । क्यालिब्रेसन फ्लाइटका कारण आज बिहान ११ः३० देखि दिउँसो २ः३० बजेसम्मको उडान र अवतरण प्रभावित भएको छ ।

आज क्यालिब्रेसन उडान हुने भन्दै आ–आफ्नो उडान तालिका परिमार्जन गर्न वायुसेवा कम्पनीहरूलाई बिहीबार नै सूचना जारी गरिएको थियो ।

Dabur Nepal
NIC Asia

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले दिउँसो २ः३० बजेसम्म उडान र अवतरण प्रभावित हुने भएकाले बिहीबार नै सोहीअनुसार तालिका बनाउन सूचना जारी गरिएको बताए ।

उनका अनुसार अहिले विमानस्थलको क्यालिब्रेसन फ्लाइट भइरहेको छ । दिउँसो २ः३० बजेपछि उडान र अवतरण नियमित हुने उनले जानकारी दिए ।

कार्यालयका अनुसार शुक्रबार अन्तर्राष्ट्रियतर्फ २८ र आन्तरिकतर्फ १४७ उडान/अवतरण तालिका छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एरो थाइमार्फत क्यालिब्रेसन फ्लाइट गराएको हो । यो जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि नेपालमा ल्याइएको थियो ।

योसँगै अरू विभिन्न विमानस्थलको पनि क्यालिब्रेसन फ्लाइट गरिने प्राधिकरणले जनाएको छ ।

सोही जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट सम्पन्न गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २०, २०७८  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro