काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने उल्लेख गरेका छन् ।
नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका रहको भन्दै अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिए मर्ममाथि आँच आउने बताए ।
“बिधिको शासन स्थापना गर्न डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)को महत्तवपूर्ण भूमिका छ । यो लोकतान्त्रिक कानुन व्यावसायीहरुको पेशागत र बौद्धिक संगठन हो,” कोइरालाले लेखेका छन्, “नेपाल बार एसोसिएसनको निर्वाचनमा डीएलए एक्लै प्रतिस्पर्धामा उभिनुपर्छ । अन्य पार्टी निकट संगठनसँग गठबन्धन वा तालमेल गरिनु हुँदैन । यदि यसो गरिए डीएलएको पेशागत मर्म र मर्यादामा आँच आउँछ ।”