हेग । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले युक्रेनमा रुसी गतिविधिहरूको बारेमा अनुसन्धान सुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।
“सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षणअघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु । प्रमाण संकलनमा हाम्रो काम अब सुरु भएको छ,” खानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यानकेन्द्रित गर्नेछ । अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ ।
गत हप्ता, दोनेट्स्क र लुहान्स्कका अलग्गिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेसन सुरु गरेको जनाएको छ ।
यसैबीच, पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् । रासस/एएनआई/स्पुतनिक