site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बलात्कारको आरोप लागेका सांसद बानियाँको पद आजै निलम्बित हुन सक्ने 
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बलात्कारको आरोप लागेका नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँ हाल प्रहरी नियन्त्रणमा छन् । गएको सोमबार बानियाँलाई नेपालगन्जस्थित राँझा एयरपोर्टबाट प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पुर्जी जारी भएको दुई सातापछि उनी पक्राउ परेका हुन् । अनुसन्धान जारी छ ।

प्रहरीले सांसद बानियाँलाई ‘ठूला मान्छे आफैँ आउँछन्’ भन्दै भित्री अनुसन्धान जारी राखेको जनाएको थियो । ‘‘एमसीसी र सदनको काममा व्यस्त रहेको खबर आयो । यद्यपि, ठूला मान्छे आफैँ उपस्थित हुन्छन्,” केही दिनअघि जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेले भनेका थिए ।

नेपालगन्जस्थित अप्सरा होटेलमा जबर्जस्ती करणी गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले गएको माघ २७ गते बानियाँविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि बानियाँले आफू निर्दोष रहेको र फसाउनका लागि षड्यन्त्र गरिएको भन्दै आफैँ प्रहरीमा उपस्थित हुने बताएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका थिए । पक्राउ पुर्जी जारी भएकै दिन सदन तथा सभामुखलाई जानकारी दिनुपर्ने प्रावधानानुसार प्रहरीले सदन तथा सभामुखलाई जानकारी गराएको थियो ।

पक्राउ पुर्जी जारी भएको करिब दुई सातापछि प्रहरीले बानियाँलाई सम्पर्क गर्‍यो । त्यति बेला पनि बानियाँले आफूलाई पक्राउ गर्न खोजिराख्नु नपर्ने र आफैँ उपस्थित हुने बताएका थिए ।

Royal Enfield Island Ad

डीएसपी न्यौपाने सबै प्रक्रिया पुर्‍याएर मात्रै पक्राउ गरिएको बताउँछन् । ‘‘बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भइसकेपछि प्रक्रिया पुर्‍याएर बुझ्न खोजेका थियौँ । सदन चलिरहेको बेलामा के कसरी अनुसन्धान गर्ने भन्नेबारे अनुसन्धान अगाडि बढाइएको थियो । पक्राउ परिसकेपछि सरकारी प्रावधानहरू पुर्‍याएर सार्वजनिक गर्‍यौँ,” उनले भने ।

यसअघि, पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले उनलाई पत्राचार गरेको थियो । ‘‘हामीले आफ्नो तर्फबाट अनुसन्धान तीव्र पार्दै गयौँ । उहाँ आफैँ आउने पनि भन्दै आउनुभएको थियो । यस हिसाबले उहाँमाथि निगरानी राखिरहेका थियौँ । सोमबार पक्राउ गर्‍यौँ,” उनले भने ।

डीएसपी न्यौपानेले बानियाँविरुद्ध थप अनुसन्धानका लागि आजै म्याद थप हुन सक्ने बताए ।

ती महिलाले संयुक्त व्यावसायिक प्रयोजनका लागि बानियाँलाई दिएको २५ लाख रुपैयाँमध्ये २० लाखको बाउन्स चेक दिएर उनले बदमासी गरेको समेत बताएकी छन् । बानियाँले सुर्खेतमा पाँच लाख दिएर बाँकी २० लाख नेपालगन्जमा दिने आश्वासन दिएको शिक्षिकाले बताउँदै आएकी छन् । उक्त २० लाख लिन नेपालगन्ज बोलाएर उल्टै बिहानपख जबरजस्ती करणी गरेको आरोपसहित शिक्षिकाले जाहेरी दिएकी थिइन् । ती शिक्षिका नेकपा (माओवादी केन्द्र)की नेत्री रहेको जनाइएको छ ।

आजै बानियाँको पद निलम्बित हुन सक्ने 
बलात्कारको आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सभामुख र सदनलाई जानकारी दिएको थियो । सोहीबमोजिम सभामुखले आज बस्ने प्रतिनिधिसभा बैठकबाट उनको पद निलम्बित भएको घोषणा गर्न सक्नेछन् ।

प्रतिनिधिसभा बैठकमा सभामुखले बानियाँ निलम्बित हुने पत्र पढेर सुनाए उनी निलम्बित हुने संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । “प्रहरीले सभामुख र सदनलाई दिएको जानकारीका आधारमा आज सभामुखले पत्र पढेर सुनाए भने स्वतः निलम्बित हुनेछन्,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro