राजनीति
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलसम्म पुग्ने बताएका छन् । एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेका महतले सत्ता गठबन्धन चुनावी तालमेलसम्मै जाने दाबी गरेका हुन् ।
उनले निर्वाचनपछि वा निर्वाचनअघि गठबन्धन गर्नुपर्ने नेपालको संविधान र निर्वाचन प्रणालीको बाध्यता भन्दै चुनावमा पनि वर्तमान गठबन्धनबीच नै तालमेल हुने बताएका हुन् ।
पाँच दलीय सत्ता गठबन्धनबाट एक सांसद रहेको राष्ट्रिय जनमोर्चा बाहिरिएकै दिन सरकारको नेतृत्व गरिरहेका कांग्रेसका प्रवक्ताले भने निर्वाचनसम्मै गठबन्धनलाई निरन्तरता दिने बताएका हुन् ।
प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८ १६:०१
प्रतिक्रिया दिनुहोस्