राजनीति
काठमाडौं । एमसीसीमाथि संसद्मा भएको सामान्य छलफल सम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकबाट सामान्य सैद्धान्तिक छलफल बहुमतले पारित भएको हो ।
फागुन ८ गते बसेको संसद् बैठकबाट एमसीसी परियोजना अनुमोदनका लागि टेबल भएको थियो ।
सैद्धान्तिक छलफल बहुमतले भएपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक आजै साँझ ६ः३० बजे बस्नेछ ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १८:०२
प्रतिक्रिया दिनुहोस्