काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) सांसद लिलादेवी सिटौलाले शीर्ष दलका नेताहरुले एमसीसी गिजोलेको बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी परियोजनामाथि भएको सैद्धान्तिक छफलमा उनले नेताहरुका कारण एमसीसी सम्झौता ‘नखाउन भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ भएको टिप्पणी गरिन् ।
उनले एमसीसी परियोजनालाई नेताहरुले चुनावमा भोट हाल्छन् कि हाल्दैन भनेर उपस्थित भएको बताइन् ।
“पार्टी र व्यक्तिगत स्वार्थले तपाईंहरु जेलिनुभएको छ । हामी सबैले यो एमसीसीको विषयमा छलफल गर्नुपर्ने हो,” उनले भनिन्, “जनताले भोट दिन्छन् कि दिँदैन भनेर पार्टीहरु प्रस्तुत भएका छन् । हाम्रा नेताहरुलाई प्रश्न गर्छु ? हाम्रो देशको परराष्ट्र नीति अध्ययन गर्नुभएको थिएन एमसीसी भित्र्याउँदा ।”