राजनीति
काठमाडौंं । नेकपा (एकीकृत समाजवादी) अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गर्न तयार भएको छ । आज बसेको स्थायी कमिटी बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको पार्टी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।
एकीकृत समाजवादीले यथास्थितीमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आएको थियो । सो पार्टीको बैठक अघि नै सत्ता गठबन्धनमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८ १४:४१
प्रतिक्रिया दिनुहोस्