विदेश
किभ । युरोपेली संघको सदस्य बनाउन युक्रेनले अनुरोध गरेको छ ।
युरोपेली क्षेत्रमा रहेको देश भएर पनि अहिलेसम्म युरोपेली संघको सदस्य नभएको युक्रेनले रुसको आक्रमणमा परेपछि संघको सदस्य बनाउन अनुरोध गरेको हो ।
युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले तत्काल संघको सदस्य बनाउन अनुरोध गरेको जनाइएको छ । “अहिले हामी संकटपूर्ण अवस्थामा छौँ, यसबारेमा धेरै छलफल र बहस नगरौँ । युरोपेली संघले युक्रेनलाई जतिसक्दो चाँडो आफ्नो सदस्य बनाओस्,” उनले भने ।
उनले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेअनुसार संघको सदस्यको जिम्मेवारी निर्वाह गर्न युक्रेन तयार छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८ २२:०१
प्रतिक्रिया दिनुहोस्