site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक
Siddhartha BankSiddhartha Bank

काठमाडौं । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवामा सार्वजनिक गरेको छ । मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सीडीओ स्थनेशवर गौतमलगायतको उपस्थितिमा थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने जनाएको छ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको उल्लेख छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जनाएको छ ।

Agni Group
NIC Asia

महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक  दुई लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने  दाबी कम्पनीको छ ।

महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्मरहेको कम्पनीले जनाएकबो छ । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेको उल्लेख छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  २०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu