बीबीसी । युक्रेनमाथि रुसी आक्रमण तीव्र गतिमा अघि बढिरहेको छ । रुसी फौज युक्रेनी राजधानी किभ नजिकै पुगेका छन् ।
बीबीसीले प्राप्त गरेको हताहतीको विवरण प्रकाशित गरेको छ । तर, स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ ।
युक्रेनको रक्षा मन्त्रालयले एक हजार रुसी फौज मारिएको बताएको छ । बेलायती रक्षा मन्त्रीले ४५० रुसी सैनिक, र ५७ जना सर्वसाधारण सहित १९४ जना युक्रेनी मारिएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघले देशभरिको हवाइ आक्रमणमा कम्तीमा २५ जना सर्वसाधारण मारिएको र १०२ जना घाइते भएको जनाएको छ ।
रुसले किभ नजिकैको होस्टोमेल एयरफिल्ड कब्जा गर्ने क्रममा २०० युक्रेनी फौजलाई ‘हटाएको’ बताएको छ । स्नेक आइल्यान्डको रक्षा गर्ने क्रममा १३ जना युक्रेनी मारिए ।
बिहीबार आफ्नो ४० भन्दा बढी सैनिक मारिएको र दर्जनौँ घाइते भएका युक्रेनले बताएको थियो ।