site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई माधव नेपालले भने– केपी ओलीसँग कृत्रिम सम्झौता नगर्नुस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी सहयोग परियोजना (एमसीसी) पारित गर्ने नाममा नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग कृत्रिम सम्झौता नगर्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटमा आफूले हतारमा सम्झौता नगर्न आग्रह गरेको बताए । 

“मैले प्रधानमन्त्री शेरबहादुरजीलाई भनेको छु कुनै कुरा हतार नगर्नुस् । बसेर छलफल गर्नुस् । केपी ओलीसँग अनुचित सम्झौता गर्ने काम नगर्नुस् । हाम्रो विरुद्धमा समर्थन पाउने नाममा काम नगर्नुस्,” उनले सञ्चारकर्मीसँग भने । 

Prabhu Bank
Agni Group
NIC Asia

सभामुखलाई बर्खास्त गर्ने, आफूहरूलाई बर्खास्त गरेपछि ओलीले एमसीसीामा सहयोग गर्ने प्रस्ताव ओलीले राखेको सूचना आइरहेको उनले बताए । 

एमसीसीमा ओलीले समर्थन पनि नगर्ने उनको दाबी छ । “केपी ओलीले एमसीसीलाई समर्थन गर्दैनन् । समर्थन गर्छु पनि भन्ने समर्थन नगर्ने । न भाले न पोथीको चाल,” उनले भने । 

Global Ime bank

यथास्थितिमा पास गर्न नहुने अध्यक्ष नेपालको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement