राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । बिहीबार साँझ देउवालाई भेट्न भट्टराई बालुवाटार पुगेका हुन् ।
एमसीसीलाई संसद्बाट अनुमोदन गर्ने विषमया सत्ता गठबन्धनभित्र एकमत छैन । जसपा अध्यक्ष भट्टराई एमसीसी अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर माओवादी केन्द्र , नेकपा(एस) भने अनुमोदन गर्न नहुने पक्षमा छन् ।
एमसीसीको पक्ष/विपक्षमा गठबन्धनकै दलहरू लाग्दा सत्ता गठबन्धन नै अघि बढ्न नसक्ने कांग्रेस सांसदहरूले बताइरहेका छन् । प्रधानमन्त्री देउवाले पनि प्रतिपक्ष दल एमालेको साथ खोजेका छन् । देउवा र भट्टराइबीच यिनै विषयमा छलफल भइरहेको बुझिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १८:४४
प्रतिक्रिया दिनुहोस्