देश
काठमाडौं । नेपालको एकमात्र सरकारी औषधि उत्पादक नेपाल औषधि लिमिटेडले अब १३ वटा औषधि उत्पादन गर्ने भएको छ । यसअघि तीन प्रकारका औषधिजन्य उत्पादन गर्दै आएको लिमिटेडले थप १० वटाका लागि उत्पादन अनुमति पाएको हो ।
"औषधि व्यवस्था विभागबाट थप १० वटाका लागि लाइसेन्स पाइसकेका छौँ । कच्चा पदार्थ र प्याकिङ सामग्री आइपुग्नासाथ उत्पादन कार्य सुरु गर्छौं," नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले भने ।
नयाँ उत्पादन हुन लागेका १० वटामध्ये एलर्जी, झाडापखाला आदीको उपचारमा प्रयोग हुनेछन् भने केही गर्भवतीका लागि आवश्यक औषधि पनि छन् ।
यसअघि लिमिटेडबाट सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लीसिरिन उत्पादन गर्दै आएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १७:५२
प्रतिक्रिया दिनुहोस्