देश
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एमसीसीविरुद्धको प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारी गम्भीर घाइते भएका छन् ।
विजुलीबजार क्षेत्रमा २६ वर्षीय हेमराज अवस्थी घाइते भएका हुन ।
प्रहरीकाअनुसार उनको अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भाग्ने क्रममा लडेर घाइते भएको बताइएको छ ।
उनको टाउकोमा चोट लागेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १७:०५
प्रतिक्रिया दिनुहोस्