काठमाडौं । चीनले पश्चिमाको प्रतिबन्धले युक्रेन संकटको समाधान गर्न मद्दत नगर्ने जनाएको छ ।
युक्रेन संकटलाई लिएर अमेरिका र युरोपले रुसविरुद्ध थुप्रै प्रतिबन्धहरूको घोषणा गरेका बेला चिनियाँ विदेश मन्त्रालयले यस्तो जनाएको हो । रुसले पूर्वी युक्रेनका दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र गणराज्यको मान्यता दिएपछि पश्चिमा राष्ट्रले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेका छन् ।
चीनले एकपक्षीय/एकतर्फी प्रतिबन्धहरू विश्वव्यापी संकटहरू समाधान गर्न कहिल्यै पनि प्रभावकारी नभएको जनाएको छ ।
चीनले युक्रेन र रुससँग सम्बन्धित मुद्दाहरूमा व्यवहार गर्दा चीन र अरू देशका जायज हित/स्वार्थहरूमा हानि नगर्न अमेरिकालाई चेतावनी पनि दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार नियमित पत्रकार सम्मेलनमा सबै गैरकानुनी एकतर्फी प्रतिबन्धहरूको निरन्तर विरोध गर्ने बताए । ग्लोबल टाइम्सबाट ।