site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
फिलिपिन्समा भएको विवादमा ११ जनाको मृत्यु

मनिला । दक्षिणी फिलिपिन्समा सशस्त्र विद्रोही समूहका लडाकु कमान्ड युनिटहरूबीच भएको विवाद तथा लडाइँमा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

फिलिपिन्सको विद्रोही समूह मोरो इस्लामिक लिबरेसन फ्रन्ट (एमआइएलएफ)का सदस्यहरूबीच मागुइन्दानाओ डेल सुर प्रान्तको दुर्गम गाउँमा बुधबार दिउँसो भएको झडपमा उनीहरूको  मृत्यु भएको फिलिपिन्सको सेना र प्रहरीले जनाएको छ ।

एक स्थानीय अधिकारीले लामो समयदेखि सशस्त्र लडाइँ चलिरहेको यस क्षेत्रमा मृतकको संख्या १९ पुगिसकेको बताएका छन् ।  

प्रान्तीय उद्धार अधिकारी अम्बोलोडोका अनुसार उक्त गाउँ वरिपरि बसोबास गर्ने दुई हजार बासिन्दा लडाइँका क्रममा ज्यान बचाउन निकासी केन्द्र तथा अन्य आफन्तहरूकोमा आश्रय लिन बाध्य भएका छन् ।  

दशकौँदेखि क्याथोलिक बहुल फिलिपिन्स मुस्लिम नेतृत्वको पृथकतावादी विद्रोहसहित हिंसात्मक विद्रोहबाट ग्रस्त छ । विद्रोहमा एक लाखभन्दा बढी मानिसले अकालमै मृत्यु वरण गरेका छन् ।  

सन् २०१४ मा मनिलाले एमआइएलएफसँग हस्ताक्षर गरेको शान्ति सम्झौतामा यसका सदस्यहरूको बन्दुक र हतियारहरू निस्क्रिय पार्नुपर्ने सर्त समावेश छ ।

सेनाले बिहीबार एक विज्ञप्तिमार्फत झडपका क्रममा भएको शान्ति प्रक्रियाको उल्लङघनको विरोध गर्न–सम्झौताको सल्लाहकार निकायसम्बन्धी समन्वय समितिलाई पत्रचार गरेको थियो ।

फिलिपिन्स सेनाको ९०औँ इन्फेन्ट्री बटालियनले पनि बिहीबार एमआइएलएफ एड हॉक जोइन्ट एक्सन समूहका सदस्यसँग यस क्षेत्रमा लडाकू समूहबीच प्रतिशोध रोक्नका लागि हस्तक्षेपबारे छलफल गर्न संवाद गरेको विज्ञप्तिमा उल्लेख छ । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro