site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
आफ्ना सांसदलाई कांग्रेसको निर्देशन– भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुनू
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले बिहीबारको प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना 'मिलेनियम च्यालेन्ज कम्प्याक्ट' (एमसीसी) मा छलफल हुनेछ ।

कांग्रेस सांसद डा. डिला संग्रौलाकाअनुसार पार्टीले अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको हो । “पार्टी संसदीय दलले अनिवार्य उपस्थितिका लागि सबै सांसदहरूलाई निर्देशन दिएको छ,” उनले भनिन् । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री शेरबहादुर देउवा बढीमा २ दिनभित्र एमसीसी अनुमोदन गराउने तयारीमा छन् । संसदीय छलफल सकेसम्म छोटो बनाएर अनुमोदन गर्ने गृहकार्य देउवाको छ । जसको तयारीस्वरूप उनले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) तथा सत्ता साझेदार दल नेकपा(माओवादी केन्द्र) सँग पनि छलफल गरेका छन् । देउवालाई १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने बचन दिइसकेको छ । 

कांग्रेसका एक सांसद सम्भव भए फागुन १२ गते नभए १३ गते छलफलपछि संसद्मा निर्णायथ पेस गर्ने सरकारको तयारी भइसकेको दाबी गर्छन् ।

“संसद् चलेको छैन त्यसकारण एमाले बोल्दैन । माओवादी र समाजवादी बोल्ने कुरै भएन । बोल्ने भनको त्यहीँ एकजना भीम रावल र प्रेम सुवाल हो । उनीहरूलाई हामी दुई जनाजति बोलेर जवाफ दिइहाल्छौँ । अनी एमसीसी अनुमोदन हुन्छ,” देउवा निकट एक सांसदले भने,“यो जति भित्र छलफल हुन्छ बाहिर पनि त्यतिनै विरोध हुन्छ । धेरै जनताको ज्यान जोखिममा राखेर संसद् चलाउन गाह्रो हुन्छ।”

फागनु ८ गतेको प्रतिनिधिसभा बैठकमा सरकारतर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro