site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अवैध कल सेन्टर सञ्चालनमा संलग्नविरुद्ध मुद्दा दर्ता गरिँदै
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

काठमाडौं । जिल्ला प्रहरी कार्यालय भक्तपुरले अवैध कल सेन्टर सञ्चालनको आरोपमा पक्राउ परेका ८० जनामध्ये केही व्यक्तिहरूविरुद्ध वित्तीय तथा बैंकिङ कसुरमा मुद्दा दर्ता गर्ने भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट वित्तीय तथा बैंकिङ प्रावधान पूरा नगरी कारोबार गरेको खुलेकाले उनीहरूविरुद्ध वित्तीय तथा बैंकिङ कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नेपाल राष्ट्र बैंक तथा वित्तीय कारोबार ऐन, २०७३ अन्तर्गत कारबाही अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

मंगलबार प्रहरीले भक्तपुरको सानोठिमीस्थित एक घरमा अवैध कल सेन्टर सञ्चालन गर्दै आएको आरोपमा ४७ महिला र ३३ पुरुषलाई पक्राउ गरेको थियो ।

उनीहरूले भारतीयलाई चर्को ब्याजमा छोटो समयका लागि ऋण दिने र त्यसको ब्याजसहित असुलउपर गर्दै आएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu