काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको पाँच वर्षमा आफूले बाटो बिराएको भन्दै अब सही बाटोमा हिँड्ने बताएका छन् । शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले विगत पाँच वर्षको अलमलमा पार्टीको चुनाव चिन्ह र आफ्नो पहिचान गुमाएकाले अब त्यस्तै गल्ती नगर्ने बताए ।
राप्रपा नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भुल भएको उनको भनाइ छ ।
राप्रपा नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति नभई जनताकेन्द्रित राजनीतिक गर्ने उनले बताए ।
कार्यक्रममा अध्यक्ष थापाले आफूले राप्रपा विभाजन नगरेको दाबी पनि गरे । राप्रपालाई कानुनी रूपमा नै विभाजन गर्न केही नेताले सुझाव दिँदा पनि आफूले त्यसो गर्न नचाहेको उनले बताए ।
उनले मुलुकमा बामगठबन्धन हाबी भएको भन्दै मुलुकलाई निकास दिन राप्रपा नेपाल उचित विकल्प हुने बताए ।