देश
काठमाडौं । कैलालीमा लागुऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका–३, मिलनचोकबाट भीमदत्त नगरपालिका–४ का २१ वर्षीया नेहा विष्ट र भारतको खटिमा उत्तमसिंहनगरका २७ वर्षीय वासुदेव विश्वास पक्राउ परेका हुन् ।
उनीहरूका साथबाट २१० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर बरामद भएकोे जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूका साथबाट लागुऔषध फेलापारेको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८ १२:५५
प्रतिक्रिया दिनुहोस्