site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री देउवा र ओलीबीच एमसीसीबारे सकारात्मक विमर्श भएको छ : सञ्चारमन्त्री
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।
SkywellSkywell

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसीका विषयमा सकारात्मक छलफल भएको बताएका छन् ।

संसद् अवरोध हटाएर एमसीसीका विषयमा छलफल गराउनका लागि देउवा बिहीबार ओली निवास बालकोट गएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

“संसद्लाई सुचारु गर्ने प्रधानमन्त्रीको दायित्व हो । प्रतिपक्षीको पनि संसद्लाई त्यतिकै जीवन्त बनाउने दायित्व, भूमिका रहन्छ । संसद्लाई सुचारु गरेर संसद्मा गम्भीर र जीवन्त छलफल होस्, यसैका निम्ति भेट्न जानुभएको हो,” उनले भने ।

छलफलमा एमसीसीलाई निष्कर्षमा पुर्‍याउनेबारेमा सकारात्मक विचारविमर्श भएको उनले जानकारी दिए । “यो परियोजनालाई निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीको प्रस्ताव छ । त्यसमा सकारात्मक विचारविमर्श भएको छ,” मन्त्री कार्कीले भने ।

शुक्रबारको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि निर्णयबारे जानकारी गराउने क्रममा उनले ओली र देउवाबीचको भेटबारे पनि जानकारी गराएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro