राजनीति
![एमसीसीलाई निकास दिएर गठबन्धन बचाउन चाहन्छौँ : प्रचण्ड](https://12khari.top/uploads/posts/prachanda-mahdhav-nepal-raj1645090022.jpg)
काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू सकेसम्म सत्ता गठबन्धन बचाउने पक्षमा रहेको बताएका छन् ।
बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, “एमसीसीलाई निकास दिएर सकेसम्म गठबन्धन बचाउनमा जोड रहन्छ ।”
आज साँझ ५ बजे बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट एउटा निकास निकाल्ने उनको भनाइ छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८ १५:३०
प्रतिक्रिया दिनुहोस्