site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहालवाला जनप्रतिनिधिले उमेदवार बन्न राजीनामा दिनुपर्ने, बेरुजु फर्छ्योट भएको हुनुपर्ने
SkywellSkywell

काठमाडौं । बाहलवाला जनप्रतिनिधिले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।

“बाहलवाला जनप्रतिनिधिले उमेदवार बन्नका लागि राजीनामा दिनुपर्ने व्यवस्था आचार संहितामा गरिएको छ,” आयोग स्रोतले भन्यो । 

आयोगका एक पदाधिकारीकाअनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ । 

KFC Island Ad
NIC Asia

त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ ।

“कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ। आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ,” ती पदाधिकारीले बाह्रखरीसँग भने ।

Royal Enfield Island Ad

बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागु गर्ने आयोगको तयारी छ ।

“प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ । तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागु हुन्छ,” ती पदाधिकारी भन्छन् ,“मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ ।” 

बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगका अर्का पदाधिकारी बताउँछन्  । 

“आयोग हेर्न जाँदैन । स्वघोषणा गरे पुग्छ । तर कहीँकतै कसैले थाहा पाएर उजुरी दिए कारबाही हुन्छ । प्रमाणित भएर आचारसंहिता ठहर्छ,” ती पदाधिकारी भन्छन् “उमेदवारी दिएको छ भने उमेदवारी रद्द हुन्छ । जितेको छ भने ढाँटेको भनेर कारबाही गरेर अर्को निर्वाचन गर्न सक्नेसमेत अधिकार छ ।”

वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान पनि गरेको छ । आयोगले भोलिदेखि १५ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७८  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro